काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लाहरुमा सडक सञ्जाल बन्द भएको छ । यस्तै, बेनी–जोमसोम सडक खण्ड अन्तर्गत काभ्रे भिर अर्थात बादरजंग मा नदीले सडक कटान गरेपछी यातयात अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रे भीरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको हो ।

अविरल बर्षाका कारण शुक्रबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रशिङ शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा बेनीबाट जोमसोमतर्फ र जोमसोमबाट बेनीतर्फ हिँडेका सबै सवारी साधन रोकिएका छन् । यात्रामा रहेका तीर्थयात्री, पर्यटकहरु अलपत्र परेका छन् । ढुवानी समेत प्रभावित भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको काम समेत प्रभावित भएको छ । अवरुद्ध भएको सडक खुलाउने कार्य जारी रहेको सुपरभाइजर शेरचनले जानकारी दिनुभयो । पहाडको फेदीमा रहेको सडक कटान भएकाले कालीगण्डकीको बहाव नघटेसम्म मर्मत गरी यातायात सञ्चालन गर्न चुनौती रहेको शेरचनले बताए । यसैगरी जिर्ण अवस्थामा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ ।

सम्बन्धित खबरहरु