काठमाडौ । दुईरतीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। गृहमन्त्रालयका अनुसार अविरल वर्षा तथा बाढीका कारण देशका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ। काभ्रे र भोजपुर २-२ र मकवानपुर, रौतहट, रामेछाप र ललितपुरमा १-१ जनाको मृत्यु भएको हो।

काभ्रे : वर्षका कारण काभ्रेको बनेपा नगरपालिका-३ चुनातालमामा भूकम्पले क्षति पुर्‍याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र उनकै नातिनी ७ वर्षीय सोहनी दंगाल रहेका छन्। अन्य तीन घाइते भएका छन्। एकजना सुत्केरीसहितको उक्त परिवारका तीनजनाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको छ। त्यस्तै, थप दुईजना पुरिएको आशंकामा उद्वार कार्य जारी रहेको स्थानीय समाजसेवी प्रल्हाद हुमागाईंले जानकारी दिए।

रामेछाप : त्यसैगरी, रामेछापमा एउटा गोठ भत्किँदा एक वृद्धाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। रामेछाप नगरपालिका-५ परमटारमा पानीले गोठ भत्किँदा ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको र ४५ वर्षीय असली सुनुवार घाइते भएकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घटनास्थलमा अहिले पनि पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ।

रौतहट : त्यसैगरी, रौतहटको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ। रौतहटको इशनाथ नगरपालिका(३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित हिँड्ने क्रममा बिहीबार बेलुका खसेर बेपत्ता भएका थिए। घटनास्थलभन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाटनजिक पटेलको शव भेटिएको हो।

भोजपुर : त्यसैगरी, भोजपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ। भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको हो। एक बालकको भने शौच गर्नेमा क्रममा पहिरोले पुरिएर मृत्यु भएको छ। टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको हो।

ललितपुर : त्यसैगरी, ललितपुरमा घरमाथिको ढिस्को भत्किएर घर पुरिँदा एक बालकको मृत्यु भएको छ। ललितपुरको बागमती गाउँपालिका–२ माल्टा बगुवामा पन्चलाल जिम्बाको घरमाथिको ढिस्को भत्किएर घरमा क्षति पुग्दा १३ वर्षीय सरोज जिम्बाको मृत्यू भएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ।

सिन्धुली : पहिरो खस्दा सिन्धुलीको फिक्कल गाँउपालिकामा एक महिलाको ज्यान गएको छ। बिहान गाईवस्तुलाई कुँडो खुवाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले गोठ बगाउँदा फिक्कल गाउपालिका १ महादेवडाँडाका ३५ वर्षीया हेमकुमारी सुनुवारको घट्नास्थलमा नै ज्यान गएको गाँउपालिका उपाध्यक्ष पार्वती राईले जानकारी दिइन्। पहिरोले बगाएर एउटा गाई, बाच्छो, एउटा माउ बाख्रा र पाठोको पनि भरेका छन्।

मकवानपुर : उत्तरी मकवानपुरको थाहा नगरपालिका-३ मा एक बालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ। थाहा ३ दम्कीबाट महाभिर खोला तर्ने क्रममा बाढीले ४ सय मिटर तलसम्म बगाउँदा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीया सञ्चना बलामीको मृत्यु भएको थाहा नगरबाट स्थानीय पत्रकार ध्रुब ढकालले जानकारी दिए। यस्तै थाहा नगरका स्थानीय युवा सन्तोष बलामाी पनि खोलाले बगाउँदा घाइते भएका छन्।

बेपत्ता : बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा अहिलेसम्म पाँच जना वेपत्ता भएका छन्। खोटाङ ३, पाँचथर र महोत्तरमा १र१ जना बेपत्ता भएका हुन्। पाँचथर स् खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर शुक्रबार बिहान एक विद्यार्थी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन्।

महोत्तरी : त्यसैगरी, महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो।

खोटाङ : त्यसैगरी, खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन्। चार दिनदेखि लगातार परेको वर्षाका कारण झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् छ भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन्।

सम्बन्धित खबरहरु