काठमाडौ । अबिरल बर्षाका कारण डुवानमा परेका दुई सय नौ जनालाई एपीएफ टोलीले काठमाडौंको विभिन्न ठाउँबाट आज उद्वार गरेको छ । बाढी तथा झरीको कारण डुवानमा परेका व्यक्तिहरुलाई एपीएफ टोलीले उद्वार गरेको हो । बाढी तथा डुवानमा परेपछि एपीएफ टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा विपद उद्वार काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौंको ढुङ्गेअड्डाबाट एक सय ७७ जनालाई उद्वार गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकीबाट एपीएफ टोलीद्वारा २४ जनाको उद्वार गरिएको छ । झरीको कारण त्यहाँका घरहरु डुवानमा परेपछि घरभित्र रहेका ती व्यक्तिहरुलाई उद्वार गरिएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गण हेक्वा निलबाराहीबाट सशस्त्र प्रहरी निरीक्षक बालकृष्ण महर्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।

यसैगरी ललितपुरको सुनकोशी स्थित नक्खु खोलामा बाढीको बीचमा परेका आठ जनालाई एपीएफ टोलीले उद्वार गरेको छ । ती व्यक्तिहरु बाढी आएको सो खोलाको बीचामा परेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण हेक्वा दक्षिणकालीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।

यसैगरी काठमाडौं जिल्लाको बागेश्वरी मनोहरा नगरपालिका ६ स्थित एक घरको पर्खाल भत्किएर पुरिएका तीन जनाको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण हेक्वा गुहेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक यूकेश उप्रेतीको कमाण्डमा खटिएको एपीएफ टोलीले झिकेको छ । उनीहरु पुरिएको जानकारी पाउनासाथै खटिएको एपीएफ टोलीले अपरान्ह करीव ४ बजे उक्त शल झिकेको हो ।

सम्बन्धित खबरहरु