काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिएपछि ठुलो हंगामा खडा भएको छ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको भनिएको घटनामा अहिले मेलमिलाप भएको छ ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले सुरक्षा पाऊँ भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिईन । शिल्पाका अनुसार असार ८ गते बिहान १० बजेको थियो, उनी र उनका दुईजना साथीसँग उनी ‘कबिर सिंह’ फिल्म हेर्न जान्छु भनेर छवीलाई भनेकी थिईन् । त्यो पनि नाइट शो होइन, बिहान ११ बजेको शोमा जान लागेकी थिईन । उनले भनिन्, ‘फिल्म हेर्न जान्छु भन्ने बित्तिकै उहाँ (छवि) ले मलाई सोध्नुभयो, ‘को–को जान लागेको ?’

जवाफमा मैले विनिता दिदी र उहाँको मामाको छोरीसँग जान लागेको जानकारी दिएँ । ल, ठिकै छ भन्दै हुनुहुन्थ्यो, त्यतिबेलै उहाँको मोबाइलमा कसैको फोन आयो, एक्कासी अनुहारको रङ बदलियो ।’ आएको फोन काट्दै छविले रिसको झोकमा शिल्पालाई सोधे, ‘तँ नगएको भए कोसँग जान्थ्यो तेरो साथी ?’

यसको उत्तरमा शिल्पाले पनि भनिन, ‘म गएको भएपनि, नगएको भएपनि ऊ उसको मामाको छोरीसँग जान्थ्यो होला । त्यो तपाईंले सोध्ने कुरै होइन नि ।’ उनले अझ थप्दै भनिन, ‘को कोसँग जान्छ भनेर किन सोध्या ? बरु तपाईंको प्लान के छ त्यो भन्नु न ।’ यसरी नै विवाद सुरु भएको देखिएको छ । अहिले तत्कालका लागि छविले शिल्पासँग माफि पनि मागेको अवस्था छ तर अहिले पनि शिल्पा छविसँग बस्ने गरेकी छैनिन् ।

त्यसपछि शिल्पाले सामाजिक सञ्जालमा गलत नबोल्न फ्यानहरुलाई भनेकी छिन् । उनले पिडा पर्नेलाई मात्र थाहा छ । मैले पैसाका लागि छविसँग बिबाह गरेकी होइन । भावनाबाट नजिक भएर गरेकी हुँ भन्दै सस्तो शब्द प्रयोग नगर्न उनले अपिल गरेकी छिन् ।

सम्बन्धित खबरहरु