काठमाडौ । नेपाली फिल्मकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको झण्डै एक बर्ष बढी भैसकेको छ । ुझोलाु बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । गरिमा हरि शर्माकी दोस्रो श्रीमती हुन् ।

एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिरिँदा उनका प्रशंसकहरु एकपटक त दंगै परेका थिए तर फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिनन् । उनी अभिनित फिल्म ुतीन घुम्तीु गएको बर्ष रिलिज भएको थियो । ुतीन घुम्तीु ले घरेलू बजारबाट राम्रै पैसा छापेको भए सायद उनको माग पुनः बढ्नेमा शंका थिएन तर त्यो हुनबाट चुक्यो ।

कृष्ण धारावासीको चर्चित पुस्तक ुझोलाु माथी आधारित भएर निर्माण भएको फिल्म ुझोलाुबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा ुगरी सुमीु नामको एक रेस्टुराँ समेत खोलेकी छिन् ।

यसैवर्ष नेपाल आएर बेल्जियम फर्किसकेकी गरिमालाई अधिकांश फिल्ममा सोझी यूवतीको भूमिकामा दर्शकहरुले देखे । उनले फिल्ममा आफ्नो छवि कहिँले धमिलो बनाइनन् न त उनका कुनै स्क्यान्डलका खबरहरु नै बाहिर आए । पर्दामा सधै सारी चोलो वा कुर्था सुरवालमा देखिएकी गरिमाको शरीरबाट अहिले यी सबै पहिरन हराएका छन् । अहिले उनको पहिरन हेर्दा दर्शकको होस उड्छ ।

विवाहपछि पहिरनमा खुलेकी गरिमाको शरीरमा अहिले वान पिसले समेत ठाउँ पाउन थालेका छन् । हालैमा उनले आफ्नो इन्स्टाग्राममा बल्जियमको समुन्द्री तटहटमा खिचिएका केही हट तश्वीरहरु शेयर गरेकी छिन्, जसले फिल्म ुझोलाुकी सोझी गरिमा पन्त विर्साउँछ । उनका यी तश्वीबाट यो भन्न सायद गलत नहोला कि गरिमाले बिहेपछि आफ्नो शरीरबाट साडी चोलीलाई अलआउट गरेकी छिन् ।

सुन्दर मेरो नामु, पराई, सासु नन्द भाउजुु, मनले मनलाई छुन्छु, ठूलीु, सासु ससुराु, फूलु, प्रितिको फूलु, भैहाल्छ नी, जीवन मृत्युु लगायतका दुई दर्जन फिल्ममा काम गरिसकेकी गरिमाले फिल्म झोला रिलिजपछि आफ्नो पारिश्रमिक चर्को बनाएको खबर पनि बाहिर आएको थियो । गएको महिना बेल्जियमबाट कुराकानी गर्दै गरिमाले एकवर्ष भित्रमा नेपाल फर्किएर अभिनयलाई निरन्तरता दिने बताएकी थिइन् ।

सम्बन्धित खबरहरु