काठमाडौ । लगातारको वर्षापछि पनि बाँध खोल्न आनाकानी गर्ने भारतीय अधिकारीहरुलाई अब सरकारले माथिल्लो तहबाट तह लगाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा रहेका भारतीय बाँधका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने अवस्था आउन नदिन भारतीय पक्षसँग कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिनु भएको हो ।

हिजो सिंहदरबारमा बसेको उच्चस्तरीय समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा पर्न नदिन आवश्यक गृहकार्य गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई निर्देशन दिनु भएको छ ।

मुलुकमा आइरहेको भीषण बाढीले भारतीय सीमा क्षेत्रमा बनाइएका बाँधहरूका कारण नेपाली भूभाग डुबानमा परेर ठूलो क्षति यो वर्ष मात्र नभई हरेक वर्ष हुँदै आएको छ ।

नेपाल सरकारका सबै मन्त्री, सचिव तथा उच्च पदस्थ अधिकारीहरू रहेको सो समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले देशभरमा आइरहेको बाढीपहिरोका कारण भएको घटनामा उद्धार, राहत र पुनस्र्थापनामा जुट्न केन्द्रीय मन्त्री तथा प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि तथा सबै सुरक्षा निकायलाई निर्देशन दिनु भएको हो ।

स्थानीय रुपमा गरिएको पहललाई भारतीय अधिकारीहरुले मानिरहेका छैनन ।

 

सम्बन्धित खबरहरु