निशा भण्डारी, नवलपुर । यो सृष्टि कसको ? उनै भगवान, ईश्वर जुन धर्माबलम्बीले आफ्नो देवता जसरी पुकार गरेपनि मानिस बनाउँने प्रकृती, प्रकृती चलाउँने कुनै न कुनै शक्ति । जति नास्तिक भएपनि कुनै न कुनै त शक्ति छ है भन्न मानिस हिच्किचाउँदैन । त्यसो भए मानिसको सृष्टि भगवानले नै गरे त ? जे होस् यो आजसम्मको अनुत्तरीत विवादमा नफसौँ ।

तर यहाँ हामीले भन्न खोजेको के भने भगवानको आकृती बनाउँने चै मानिस नै हुन् । कसैको परिकल्पना चित्रमा उतारिएपछि नै अहिले छ्याप्छ्याप्ति भगवानको स्वरुप देखिन्छन् । आज हामी उनै भगवान बनाउँने देबचुलि नगरपालिका ११ पृथ्वीनगरका रामविर पुलामीको कुरा गर्दैछौ । उहाँ विगत ३८ वर्ष देखी भगवान लगायत विभिन्न मुर्ति बनाउदै आइरहनु भएको छ ।

२०३८ सालमा लुम्बिनि हस्तकला नाम दिएर सञ्चालनमा ल्याउनु भएको उक्त हस्तकला उधोगलाई पुलामीले संरक्षण गर्दै आइरहनु भएको छ । यस उधोगबाट उँहाको राम्रै आम्दानी पनि हुदै आइरहेको छ । पुलामिले भगवानका मुर्ति , मानिसको शालिक लगाएतका कलातमक हस्तकला बनाउनु हुन्छ । व्यवसायको सुरुवाति समयमा धेरै समस्याबाट गुज्यिता पनि अहिले राम्रो आम्दानि गर्दै आएको उँहाको भनाइ छ।

विशेष गरि भगवानको मुर्तिको माग धेरै आउने गरेको पुलामी बताउनु हुन्छ । मुर्ति बनाउनका लागि आवश्यक कच्चा पदार्थहरू खोला तथा जंगलबाट ल्याउने गरेका बताउनु हुन्छ । उक्त व्यवसायमा सामान उत्पादन गर्न दक्ष तालिम प्राप्त कालिगडको आवश्यकता पर्दछ । यसैगरी धातु र काठ तथा ढुङगको हस्तकला बनाउन सकिन्छ । तर ढुङगाबाट बनेका सामाग्रीको माग बढि हुने गरेको पुलामिले बताउनु भयो।

उक्त ढुङगाबाट बनाईएका मुर्तिहरूको शालिक अनुसारको मुल्य पर्ने हुन्छ । एक मुर्ति बनाउन करिव १५ देखि २० दिन लाग्ने पुलामिको भनाई छ। काम गर्दा हरेक क्षेत्रमा समस्या पर्दछ, खाली आफनो पेशालाई म कसरी लिई रहेको छु , त्यसमा भर पर्ने हुन्छ पुलामी बताउनु हुन्छ।


पछिल्लो समय माग अनुसार पुलामीले फेरी सिमेन्टबाट पनि मुर्ति बनाउन सुरु गर्नु भएको छ । यो संगै अझै ब्यवस्थीत तरीकाले लैजाने योजनाका साथ अगी बढेको पुलामीले बताउनु भयो । यसरी मुर्तीकलाको माग धेरै भएको समयमा स्वदेशमा नै उक्त व्यवसाय अगाँल्न सके राम्रो हुने कावासोतीकी सारदा पौड्यालले बताउनु भयो ।

नेपाल विविध हस्तकला र सिपले भरिपूर्ण मूलुक मध्यमा एक हो। नेपाललाई विश्नवमा चिनाउने मध्ये एक कला हस्तकलाबाट निमिॅत सारसामनहरूले नै हो । छोटो समयमा धेरै आम्दानी गर्न सकिने व्यावसायीक क्षेत्र मध्य एक हस्तकला पनि हो । तर यसमा मेहनत भने अरु क्षेत्रमा भन्दा धेरै गर्नु पर्ने हुन्छ । देवचुलीका पुलामीले जस्तै आफ्नै ठाउँमा केही गर्छु भनेर लाग्ने हो भने परिवार पाल्न र आफ्ना आवश्यकताहरु परिपूर्ति गर्न विदेश जानै पर्दैन् ।

सम्बन्धित खबरहरु