काठमाडौं । अहिलेसम्म ३४ जना भन्दा धेरैको ज्यान लिइसकेको बाढी, पहिरो र ढुबान प्रभावित क्षेत्रमा जान सरकारले सबैसँग अपिल गरेको छ ।

आज सत्तारुढ दल नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्धारा जारी विज्ञप्तिमा मृतकप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेहरुको उद्धार तथा राहत कार्यमा लाग्न अपिल गरिएको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले पनि निरन्तरको वर्षाका कारण मुलुकका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकोप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहतकार्यमा जुट्न सबैमा अपिल गरेको छ ।

राजपाले आज एक विज्ञप्ति जारी गर्दै विपद्को यस घडीमा बचाउ, उद्धार र राहतमा तदारुकताका साथ अगाडि बढ्न सङघीय र प्रदेश दुवै सरकारसँग आग्रह गरेको छ ।

उक्त कार्यमा सहयोग गर्न राजपाका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं सहयोगीहरुलाई आह्वान गरेको छ ।

पीडित जनतालाई तुरुन्त राहत र बचाउको कार्यमा नेतृत्व गर्न स्थानीय सरकारलाई आग्रह गर्दै राजपाले सरकारका अतिरिक्त बचाउ, राहत र उद्धारकार्यमा सहयोग गर्न अन्य राजनीतिक दल, नागरिक समाज, स्वंयसेवी संस्था, दातृ निकाय, अन्तर्राष्ट्रिय समुदायलाई पनि अनुरोध गरेको छ ।

 

सम्बन्धित खबरहरु