काठमाडौ । विपक्षीलाई खबर नै नगरी आफुखुसी कार्यक्रम सञ्चालन गर्दै आइरहेको महाशिला गाउँपालिका वडा ५ लुँखुले सार्बजनिक सुनुवाइ कार्यक्रममा समेत खबर नगरी कार्यक्रम सम्पन्न गरेको छ । असार २८ गते लँखुको वडा कार्यलयमा सम्पन्न भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा फरक मत राख्नेहरुलाई खबर नै नगरी वडा अध्यक्ष जीवन उच्चै ठुकुरीले आफू खुसी कार्यक्रम गरेको स्थानीय शेष उच्चैले बताउनुभयो ।

सार्बजनिक सुनुवाइ कार्यक्रम कसका लागी हो आफुले नबुझेको र आफुलाइ खबरै नभएको गाउँपालिका अध्यक्ष प्रत्यासी स्थानीय उज्वल गुरुङले बताउनु भयो । सबै काम हरु आफू खुसी गर्दै वडामा रजाइँ गरेका वडा अध्यक्ष जीवन उच्चै ठकुरीले सार्बजनिक सुनुवाइ कार्यक्रममा समेत खबर नगरी आफ्ना समर्थक र कार्यकर्ता लाई बोलाएर धर्म गुरुले आफ्ना चेलाहरुलाई प्रबचन दिए जस्तो कार्यक्रम गरेको कांग्रेस जिल्ला सदस्य एवं स्थानीय नेता अशोक उच्चै ठकुरीले सुनाउनु भयो ।

कुरा राख्न सक्नेहरुलाई खबर नगरी गाउँमा नभएको मौका पारी कार्यक्रम गरेर आफ्ना कार्यकर्ताला खुसी भनाएको स्थानीय नवीन परियारले बताउनु भयो । वडा अध्यक्षले फेसबुक म्यासेन्जर बाट खबर पठाएका हुन रे हाम्लाइ थाहा भएन स्थानीय शेष उच्चैले थप्नुभयो । सार्बजनिक कार्यक्रममा समेत खबर नगरी कार्यक्रम सम्पन्न गरेकोमा वडा अध्यक्ष जिबन उच्चै ठकुरीको सामाजिक संजालमार्फत बिरोध गरेकाछ्न ।

महाशिला गाउँपालिकाले विपक्षीलाई कुरा नसुन्ने दुख दिने, खबर नगरी आफूखुसी काम गरेको, आफ्ना कार्यकर्ता पोस्ने लगायत गरेको भन्दै कांग्रेस महाशिलाले २ महिना अगाडी गाउँपाला कार्यलय सहित ६ वटै वडामा ताला लगाएको थियो ।

सम्बन्धित खबरहरु