दाङ । खुकुरी प्रहारगरी व्यक्ति ह त्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिलाका का २० बर्षीय रामबहादुर ओलीलाई खुकुरी प्रहारगरी ह त्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका १८ दुधरासका २२ बर्षीय शौरभ मल्ल, तुलसीपुर ६ का १९ बर्षीय शम्भु शर्मा, तुलसीपुर १२ का २४ बर्षीय तेजेश पुनमगर, तुलसीपुर ११ का २२ बर्षीय रमेश केसी,तुलसीपुर ११ का २० बर्षीय अमृत वली र तुलसीपुर १२ का २२ बर्षीय भरत शाही लाई प्रहरीले पक्राउ गरेको हो ।

शनिवार दिउँसो पौने ३ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा ११ जनहार चोक नजिकै उनीहरूले वलीलाई खुकुरी प्र हारगरि ह त्या गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । वलीको उपचारका लागि भारत लैजाँदै गर्दा मृत्यु भएको छ । प्रहरीका अनुसार ह त्याको योजना बनाउने मुख्य योजनाकार बिक्किसिंह ठकुरी फरार छन् । ठकुरि पस्चिम दाङलाई केन्द्र बिन्दु बनाएर गुन्डागर्दि गर्दै आएका छन । घोराहीमा उनले यस अघि ब्यक्ति आक्रमणमा सलग्न दिए ।

सम्बन्धित खबरहरु