काठमाडौ । हिन्दु नेपाली नारिहरुको महान चाड हरितालिका तीज नजिक सर्दै गर्दा कलाकारलाई भने तीजको रौनकले छोईसकेको छ । हिजो आज दैनिक रुपमा धेरै कलाकारका गीतहरु बजारमा आउन सुरु गरेका छन। यहि मौकामा भर्खरै मात्र “मेरो मायाँ” नामक तीज गीत पनि बजारमा आएको छ ।

नवगायक श्याम पंगेनिको प्रस्तुतिमा बजारमा आएको गीतमा गायिका निता अधिकारि र श्याम पंगेनिको स्वर सुन्न सकिन्छ । आँफैले शब्द श्रृजना गरेका पंगेनिको गीतमा लय भने पछिल्लो समय परदेशमा रहेर निरन्तर गीतसंगितमै संघर्ष गरिरहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनुले भरेका छन।

वर्ल्ड कभर मिडिया प्रा.लि. को ब्यानरमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल आरुषि थापाको बेजोड नृत्य रहेको छ । देवेन्द्र कुंवरको निर्देशन, महेन्द्र निरौलाको कोरियोग्राफ, राम सिंह भाटको सह–सम्पादन, विरेन्द्र भाट को छायाँकन तथा सम्पादन रहेको गीतलाई आरती मिडियाले बजार व्यवस्थापन गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु