काठमाडौ । बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्। बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ यस्तै, ३८ जना घाइते भएका छन्। तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ४ जना, ललितपुर र सिराहामा ३र३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १र१ जना गरी जम्मा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये १७ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

यसैगरी वर्षाको कारण मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ महालक्मीखोखोला नजिक पहिरो आई फाखेल हुँदै काठमाडौंतर्फ जाने सडकखण्ड अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ । पाल्पा तिनाउ गाउँपालिका-३ सिद्धबाबा नजिक पहिरो गई सिद्धार्थ राजमार्ग अवरोध भई आइतबार बिहान एकतर्फ खुल्ला भएकोमा दिउँसोबाट पुनस्बन्द भएकोले खुलाउने पहल भइरहेको छ ।

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये ललितपुर भट्टेडाँडादेखि हेटौंडा जाने सडकखण्ड, मकवानपुर सिस्नेरी फर्पिङ सडक, रामेछाप सेलेघाट सडकखण्ड, मुस्ताङको बेनी जोमसोङ सडकखण्ड, मनाङको बेशिसहर मनाङ सडकखण्ड, ओखलढुङगाको मानेभज्याङस्थित सिद्दिचरण राजमार्ग, भोजपुरको गजुरमुखी भीरस्थित सडकखण्ड, धनकुटाको पाख्रीबासस्थित हिले भोजपुर सडकखण्ड, रौतहटको चपुर गौर सडकखण्ड, महोत्तरीको जनलकपुर जलेश्वर सडकखण्ड, कालिकोटको शुभकालिकास्थित कर्णाली राजमार्ग लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायत विभिन्न प्रहरी कार्यालयहरुबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

सम्बन्धित खबरहरु