काठमाडौं । चर्चित नेपाली हाँस्य श्रृंखला भद्रगोलका पछिल्लो एपिसोडमा नयाँ कलाकारको इन्ट्री भएको छ । एनटिभीबाट प्रशारण हुने भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो । उनी पहिलो भागमा नै चर्चाको शिखरमा पुगेकी छिन् । उनलाई भाग्यमानी कलाकारको दर्जा दिन थालिएको छ । उनी साधारण जीवनमा भने निक्कै हट रहेको देखिएको छ ।

को हुन् त मुन्नी ?
मुन्नी थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । उनको वास्तविक नाम प्रियाना आचार्य हो । भद्रगोलमा उनको सुन्दरता र अभिनयलाई निकै दर्शकले रुचाएका छन् । युट्युवमा अपलोड गरिएको भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । अधिकांश दर्शकले उनको मज्जाले तारिफ गरेका छन् । हेर्नुहोस् प्रियानाका केही तस्विरहरुः

सम्बन्धित खबरहरु