काठमाण्डौ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट खटिएको प्रहरी टोलीले यही असार २९ गते १७:३० बजे काठमाण्डौ महानगरपालिका-२६ मित्रनगर नयाँ बसपार्कमा रहेको नेपाली तारा होटलबाट पेस्तोल सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-४ चौघडाका २९ बर्षिय प्रितम राई, ३७ बर्षिय राम कुमार राई र भारत दार्जिलिङ घर भई काठमाण्डौ टोखा बस्ने ३६ बर्षिय सविन खवास छन् ।

उनिहरूको साथबाट Barat Made in Italy लेखिएको अटोमेटीक पेस्तोल थान १ (एक) र पेस्तोल लाग्ने गोली ५ राउण्ड र २२० सि.सि.को बा. ६७ प. २६६६ र बा. ९९ प. १३०३ नम्बरको दुई थान मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले यही १३:१५ बजे ललितपुर गोदावरी नगरपालिका १२ थेचोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने पाँचथर आङसराङका राम बहादुर तामाङ सहित ५ जनलाई नगद ४५ हजार २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु