काठमाडौ । निर्माता छवि राज ओझा र अभिनेत्री शिल्पा पोखरेल (श्रीमान्–श्रीमती) को घरेलु झगडाले थप उचाई लिइरहेको छ । यो झगडा सुल्झिनुको साटो दिनदिनै बल्झिँदै गएको छ । गत बिहीबार प्रहरीको रोहबरमा दुबै जना मिलेका थिए तर त्यो मिल्ती त्यहाँबाट निस्कने बित्तिकै फेरी भताभुंग भएको छ । युट्युबमा दुबै एकअर्कालाई गलत साबित गर्न लागिपरेका छन् ।

शिल्पाले छविका पुराना घाउ पनि कोट्याइरहेकी छिन्, छवि तिनको बचाउमा लागेका छन् । युट्युबरले दुबैको झगडाको राम्रैसँग फाइदा लिइरहेका छन् । दुबैले एक अर्कालाई गलत साबित गर्ने प्रयास गरिरहँदा छवि ओझाले सोमबार मध्यरात १२ बजे शिल्पालाई सम्बोधन गर्दै स्ट्याटस लेखेर आफ्नो अदालतमा आए न्याय पाउने जिकिर गरेका छन् ।

मध्यरातमा लेखेको स्ट्याटसमा निर्माता ओझाले शिल्पासँग तीन दिनदेखि भेट्न खोज्दा पनि समय नदिएको र आफू शिल्पासँग टेबलमा बसेर छलफल गर्न तयार भएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन ।

तपाईंलाई पनि पार्दिन । मैले तीन दिनदेखि भेट्न खोज्दा तपाईंले मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु , संसारको कुनै पनि अदालत जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनु हुन्छ ।’ स्ट्याटसमा छविले शिल्पाले लगाएका सबै आरोपमा सत्यता नभएको पनि जिकिर गरेका छन् ।

उनले शिल्पा मिल्न तयार भएर आफू गल्ती कमजोरी सच्याएर गान्धी बन्न तयार रहेको पनि बताएका छन् । गत आइतबार शिल्पाले छविले आफूमाथि कुटपिट गरेको भन्दै शिल्पाले प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । ओझाले आफूबाट गल्ती भएको भन्दै लिखित माफी मागेपछि दुबैलाई प्रहरीले मिलाएर पठाएको थियो ।

तर, शिल्पाले प्रहरीसँग बस्न नसक्ने भन्दै डिभोर्स फाइल गरेको केही अन्तर्वार्तामा उल्लेख गरेकी छिन् । तर, छवि र शिल्पाको विवाहमा २० बर्षभन्दा बढीको उमेर अन्तर रहेको र त्यति धेरै अन्तरको विवाह अनमेल विवाह अन्तर्गत पर्ने भएकाले शिल्पाको डिभोर्सको निवेदनलाई कानुनले कसरी ब्याख्या गर्ला चासोका साथ हेरिएको छ । उनको स्टाटस यस्तो छ ।

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु ।

अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । - शुभरात्री ।

सम्बन्धित खबरहरु