काठमाडौ । अन्तत निर्माता छवि राज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सम्बन्ध बिच्छेद (डिभोर्स) हुने भएको छ । श्रीमान श्रीमतीको घर झगडा मात्र भनिदै आएकै प्रकरणलाई आधार मानेर अभिनेत्री शिल्पा पोखरेलले अदालतमा डिभोर्सका लागि फायल दर्ता गराई सकेको जानकारी दिएकी छिन् ।

मिडियासँग बलिद्र आँशुका धारा चुहाउँदै त्यो पिडा दिने व्यक्तिको घर अब फेरी म फर्किन सक्दिन यसैले मैले डिभोर्सका लागि न्यायलयमा फायल दर्ता गराई सके शिल्पाले भनेकी छिन् ।

उनले म अब बिहे गर्दिन मेरो सन्सार नै शिल्पा हो भनेर दिएको अन्र्तवार्तालाई उहाँले अब म बिहे गर्दिन भनेर लिएको अडान नै ठिक हो भनेकी छिन् । यति मात्र भनिन् शिल्पाले छविले आफुलाई मा र्न खोजेको आरोप लगाएकी छिन् । साथै पहिलो श्रीमती गिताञ्जली सुनुवारले आ त्मा ह त्या गरेको हैन उहाँले ह त्या गरेको हुनसक्छ भन्दै गम्भीर आरोप समेत लगाएकी छिन् ।

त्यो कुरालाई उनले प्रहरीमा उजुरी हालेकै दिन रेखा (अभिनेत्री रेखा थापा छविराजकी पूर्व श्रीमती) दिदि आउँनु भा थ्यो । तिमिहरुको सानो कुरा हो भने मिल भन्नुभयो । अनि मैले मलाई घाँटी थिचेर मा र्न खोजेकाले म पुलिसमा पुगे दिदि, त्यस्तो मान्छेसँग म कसरी मिलौँ भन्दा । उहाँले यो मान्छे कहिलै नसुध्रिने भयो । गिताञ्जली जीलाई पनि त्यस्तै पिडा दिएको भनिन्छ ।

उहाँ म र्नु भयो वा मा र्नुभयो भन्दै प्रश्न गर्नुभयो । म अचम्बित भएकी छु । त्यसपछि छवि जीले मलाई बारम्बार कल गरेर मैले १ जना त मा रिसके अब अर्को मा र्न मलाई समस्या छैन भन्नुभयो । मलाई ज्यान कै खतरा भएपछि पुलिसकोमा पुगेकी हुँ । सानातिना कुरामा पुलिसकोमा पुग्ने शिल्पा पोखरेल हैन भन्दै उनले अनगिन्ती पिडा बताएकी छिन् । उनले योपनि दावी गरिन् की म पुस ८ गते २६ बर्षकी हुन्छु । म अब बच्चा हैन । म कसैले उचालेर यो निर्णय लिएकी होइन ।

म सक्दिन अब जान मैले हिँजो गएर डिभोर्स फायल गरिसकेकी छु अब म जान सक्दिन । कानूने जे निर्णय लिन्छ त्यही गर्छु उनले भनेकी छिन् । साथै पैसाका लागि छविसँग बिबाह गरेको भन्ने जनमानसको प्रश्नलाई उनले आफु बिराटनगरको एक उच्च खानदानको छोरी भएको बताएकी छिन् ।

उनले हजुरबुबाको पालादेखिको केमिकल फ्याक्ट्री छ । अब बाबा पाको उमेरको हुनुभयो । त्यो मैले सम्हाल्नुपर्छ । म एक्ली छोरी हुँ । मलाई बाउ बाजेको सम्पत्ति त केही हैन म आफैले कमाएर खानुपर्छ भन्ने सोच भएकी केटी छवि जीको सम्पत्तिमा किन आँखा लाग्नु । उनले भनेकी छिन् । काम गर्दा गर्दै छवि जीसँग मेरो नाम जोडियो ।

त्यो बीचमा माया प्रेमपनि बस्यो । मैले माया गरेर नै बिबाह गरेकी हुँ । मेरो गल्ती यत्ति भयो । उहाँको बिगत अरुबाट नसुनेर उहाँबाट मात्र सुने । उहाँलाई विश्वास गरे । यति भन्दै उनले आफु पिडा नभई प्रहरीकोमा नपुगेको धेरैको चासो कानको जालीमा रहेको र त्यसरी उडाउनेहरुसँग खुबै चित्त दुखेको दुखेसो पोखेकी छिन् ।

सम्बन्धित खबरहरु