काठमाडौ । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच बिबाह भएको ३ बर्ष मात्र वित्दै गर्दा अन्तत डिभोर्स हुने भएको छ । डिभोर्सका लागि शिल्पाले फायल अदालतमा चढाई सकेकी छिन् । यो जानकारी दिँदै शिल्पाले छविसँगका सबै कुरा बाहिर ल्याएकी छिन् । शिल्पाले छविले जहिलै चरित्रसँग जोडेर निहुँ खोज्ने र कुटपिट समेत गर्ने गरेको बताइन् ।

उनले भनिन् । छबि खालि त डटडट दिउँसै रंगलीला मनाएर हिँड्ने आईमाई होस् भन्ने । उनले कुरा खोतल्दै भनिन् । आर्यन सिग्देल प्ले ब्वाई हो । सविन श्रेष्ठपनि प्ले ब्वाई उनीहरुसँग किन अलिकतिपनि हिमचिम बढाई भने तेरो खैराँत छैन भन्नुहुन्थ्यो समेत भनिन् । त्यसपछि उनले काम गर्दा समेत नायक आर्यन सिग्देल र सविन श्रेष्ठसँग नजिक हुन नसकेको बताईन् । आफ्नो लागि राम्रो नायक हो भन्ने थाहाँ हुँदाहुँदैपनि उसैका लागि उनीहरुसँग बोल्न समेत कन्जुस्याँई गरेको उनले भनिन् ।

यति मात्र हैन । सुवास भन्ने चलचित्रकर्मीसँग एक पटक बोल्दा समेत तईले त्यसरी बोलाउँने को हो त्यो ? तेरो प्रेम बसिसक्यो । भन्दै शंका गर्ने उहाँको बानी नै घातक भएको बताईन् ।

यति मात्र हैन । छविले अभिनेत्री रेखा थापालाई रेखा १० जना केटासँग सुत्दै हिँड्ने केटी भन्दै टिप्पणी गर्ने गरेको कुरा समेत खुलाईन । त्यसपछि उनले भनिन् म एक अडियन्स भएर हेर्दा म पिल्सिएर बसे । त्यो पिडा म सम्झिन चाहान्न । भनेर कहिलेकाही रेखा दिदिले भन्ने गरेको सम्झिन्छु । सायद उहाँलाईपनि त्यसरी नै पिडा दिएको हुनुपर्छ ।


त्यही कुराकानीबाट अन्तत निर्माता छवि राज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सम्बन्ध बिच्छेद (डिभोर्स) हुने निश्चित भएको छ । श्रीमान श्रीमतीको घर झगडा मात्र भनिदै आएकै प्रकरणलाई आधार मानेर अभिनेत्री शिल्पा पोखरेलले अदालतमा डिभोर्सका लागि फायल दर्ता गराई सकेको जानकारी दिएकी छिन् । मिडियासँग बलिद्र आँशुका धारा चुहाउँदै त्यो पिडा दिने व्यक्तिको घर अब फेरी म फर्किन सक्दिन यसैले मैले डिभोर्सका लागि न्यायलयमा फायल दर्ता गराई सके शिल्पाले भनेकी छिन् ।

उनले म अब बिहे गर्दिन मेरो सन्सार नै शिल्पा हो भनेर दिएको अन्र्तवार्तालाई उहाँले अब म बिहे गर्दिन भनेर लिएको अडान नै ठिक हो भनेकी छिन् । यति मात्र भनिन् शिल्पाले छविले आफुलाई मा र्न खोजेको आरोप लगाएकी छिन् । साथै पहिलो श्रीमती गिताञ्जली सुनुवारले आत्मा ह त्या गरेको हैन उहाँले ह त्या गरेको हुनसक्छ भन्दै गम्भीर आरोप समेत लगाएकी छिन् । त्यो कुरालाई उनले प्रहरीमा उजुरी हालेकै दिन रेखा (अभिनेत्री रेखा थापा छविराजकी पूर्व श्रीमती) दिदि आउँनु भा थ्यो । तिमिहरुको सानो कुरा हो भने मिल भन्नुभयो ।

अनि मैले मलाई घाँटी थिचेर मा र्न खोजेकाले म पुलिसमा पुगे दिदि, त्यस्तो मान्छेसँग म कसरी मिलौँ भन्दा । उहाँले यो मान्छे कहिलै नसुध्रिने भयो । गिताञ्जली जीलाई पनि त्यस्तै पिडा दिएको भनिन्छ । उहाँ मर्नुभयो वा मा र्नुभयो भन्दै प्रश्न गर्नुभयो । म अचम्बित भएकी छु । त्यसपछि छवि जीले मलाई बारम्बार कल गरेर मैले १ जना त मारिसके अब अर्को मा र्न मलाई समस्या छैन भन्नुभयो ।

मलाई ज्यान कै खतरा भएपछि पुलिसकोमा पुगेकी हुँ । सानातिना कुरामा पुलिसकोमा पुग्ने शिल्पा पोखरेल हैन भन्दै उनले अनगिन्ती पिडा बताएकी छिन् । उनले योपनि दावी गरिन् की म पुस ८ गते २६ बर्षकी हुन्छु । म अब बच्चा हैन । म कसैले उचालेर यो निर्णय लिएकी होइन ।

म सक्दिन अब जान मैले हिँजो गएर डिभोर्स फायल गरिसकेकी छु अब म जान सक्दिन । कानूने जे निर्णय लिन्छ त्यही गर्छु उनले भनेकी छिन् । साथै पैसाका लागि छविसँग बिबाह गरेको भन्ने जनमानसको प्रश्नलाई उनले आफु बिराटनगरको एक उच्च खानदानको छोरी भएको बताएकी छिन् । उनले हजुरबुबाको पालादेखिको केमिकल फ्याक्ट्री छ ।

अब बाबा पाको उमेरको हुनुभयो । त्यो मैले सम्हाल्नुपर्छ । म एक्ली छोरी हुँ । मलाई बाउ बाजेको सम्पत्ति त केही हैन म आफैले कमाएर खानुपर्छ भन्ने सोच भएकी केटी छवि जीको सम्पत्तिमा किन आँखा लाग्नु । उनले भनेकी छिन् । काम गर्दा गर्दै छवि जीसँग मेरो नाम जोडियो । त्यो बीचमा माया प्रेमपनि बस्यो । मैले माया गरेर नै बिबाह गरेकी हुँ । मेरो गल्ती यत्ति भयो ।

उहाँको बिगत अरुबाट नसुनेर उहाँबाट मात्र सुने । उहाँलाई विश्वास गरे । यति भन्दै उनले आफु पिडा नभई प्रहरीकोमा नपुगेको धेरैको चासो कानको जालीमा रहेको र त्यसरी उडाउनेहरुसँग खुबै चित्त दुखेको दुखेसो पोखेकी छिन् । मेरो फिल्मीलाई दिएको युबटुब अन्र्तवार्ताबाट

सम्बन्धित खबरहरु