काठमाडौं । अहिले भारतमा सर्वाधिक चर्चामा रहेकी यी साक्षी मिश्रा जसका पिता राजेश मिश्रा भारतीय जनता पार्टीका विधायक हुन् । उनले आज भन्दा झण्डै २ हप्ता पहिले भागेर एकजना दलित (अजितेश कुमार) सँग विवाह गरिन् । अहिले आफ्नै पिताबाट ज्यानको खत्तरा भएको भन्दै सुरक्षा माग्दै हिडेकी छिन् । अहिले भारतमा सबैभन्दा चर्चाको विषय पनि यही बनिरहेको छ । यीनिहरुको उमेर अन्तर ७ वर्ष रहेको छ । साक्षी २२ वर्षकी र अजितेश २९ वर्षका भएका छन् । लामो समय छात्रावास (होस्टल) बसेकी साक्षीको अजितेशसँग झण्डै एक महिना भन्दा लामो समय प्रेम सम्बन्ध बसेको थियो ।

उनी हालैं आफ्ना बुवा बिरामी आमाको उपचार गर्न गएको र भाई केही काम विशेषले घर बाहिर भएको मौका पारेर ३ जुलाईमा भागेकी थिईन् । अहिले उनीहरु सुरक्षा माग्दै अदालतको ढोकासम्म पुगेका छन् । उनीहरुको कोर्ट म्यारीज हो । पत्रकारिता पढाई गरेकी साक्षीले ति युवक (अजितेश) लाई भगाएको धेरैको अनुमान रहेको छ । सन्तानलाई दिनुपर्ने समय परिवारले अर्को तिर लगायो भने के हुन्छ ? भन्ने यो पछिल्लो उदाहारण हो । हरेक अभिभावकले सन्तानलाई दबाउन खोज्नु भन्दा उ सँग एक साथिको व्यवहार गर्न सक्यो भने गजब हुन्छ होला ।

सम्बन्धित खबरहरु