काठमाडौं । लगातारको वर्षाकाले तराईको जिल्लाहरुमा बाढीको कारण डुबानमा परेका छन् भने पहाडी जिल्लाहरुमा पहिरो गएको छ । बढी र पहिरोको कारण हजारौ परिवार विस्थापित भएका छन् । यस विपत्तीमा सबैभन्दा बढी नेपालमा ७८ जनाले ज्यान गुमाएका छन् । यो बीचमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालसहित दक्षिण तथा दक्षिण पूर्वी एशियाली देशहरुमा मनसुनी वर्षापछि आएको बाढी पहिरोमा मृत्यु र विस्थापित भएको घटनाहरुप्रति दुःख व्यक्त गर्नुभएको छ ।

महासचिवका सहप्रवक्ता फरहान हकका अनुसार राष्ट्र संघ मनुसनको कारण प्रभावितहरुलाई मानवीय सहयोगका लागि सम्बन्धित देशका अधिकारीहरुसँग मिलेर काम गर्ने तयार रहेको महासचिव गुटरेसले बताउनु भएको छ । महासचिव गुटेरेसले पीडित परिवार, प्रभावित देशका सरकार तथा जनताप्रति ऐक्यबद्धता जनाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । पछिल्लो केही दिनदेखि लगातार परेको पानीपछि आएको बाढीका कारण नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा मात्रै २०० भन्दा धेरैको ज्यान गएको छ ।

 

सम्बन्धित खबरहरु