काठमाडौं । भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ६ भदौरेमा घाँस काट्न जाँदा भीरबाट लडेर एक युवतीको ज्यान गएको हो । भदौरेको अन्तरेटोलकी १९ वर्षीया कविता मगरको भीरबाट लडेर मृत्यु भएको इन्स्पेक्टर राजीव श्रेष्ठले जानकारी दिनुभयो । लडेर मृत्यु भएको अवस्थामा कविताको लास फेला परेको उहाँले जानकारी दिनुभयो । मृतकको लास पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ । ओखलढुंगाका ग्रामीण भेगमा घाँस काट्ने क्रममा भीरबाट लडेर हरेक वर्ष दर्जनबढीले ज्यान गुमाउने गरेको छन् ।

सम्बन्धित खबरहरु