काठमाडौं । लगातारको वर्षापछि आएको विपत्तिले अहिले देश शोकमा छ । यो बीचमा पिडित परिवारको घाउमा मलपपट्टी गर्ने कामहरु पनि भइरहेका छन् । यस्तै, प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुले बाढी पीडितहरुलाई एक महिनाको तलव दिने भएका छन् । आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बाढी पीडितलाई एक महिनाको तलव दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । प्रदेश सरकारले यसअघि नै बाढीका कारण मृत्यु हुनेको परिवारलाई ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रदेश २ मा मुख्यमन्त्रीसहित ६ जना मन्त्री र ६ जना राज्यमन्त्री रहेका छन् । मन्त्रिपरिषद्को बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीव्र बनाउने निर्णयसमेत गरेको छ । यस्तै बाढी पीडितलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको जनाइएको छ । समितिमा सबै मन्त्रालयका सचिव सदस्य समेत्त रहनेछन् । समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षणसमेत गर्ने भएको हो ।

सम्बन्धित खबरहरु