काठमाडौं । अहिले नेपालमा सरकार र विप्लव समुहबीच वार्ताको चर्चा भइरहेको छ । एका तिर वार्ता भइरहेको छ अर्को तिर विप्लवका कार्यकर्ता पक्राउ पर्ने क्रम पनि रोकिएको छैन । यो बीचमा प्रहरीले भरुवा ब*न्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । तीन नाल भरुवा ब*न्दुक सहित गोठमा लुकिरहेको अवस्थामा ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय कुमार फागो लिम्बूलाई पक्राउ गरेको हो । इलामको लिम्बूद्वय हति*यारसहित इलाम नगरपालिका मकैबारीस्थित सोनम फागो र खड्ग राईको गोठमा लुकेका थिए । उनीहरु लुकिछिपी रहेको सुचनाका आधारमा प्रहरीले छापा मारी पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु