काठमाडौं । नेपालमा ठगी गर्ने नयाँ तरिका पत्ता लागेको छ । केही समय पहिले चर्चामा रहेको फेसबुक, भाइवर, इमो, ह्वाट्स एपलगायतका सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह फेरि सक्रिय भएको खुल्न आएको हो । सामाजिक सञ्जालमा तारा ग्याजेट नामक पेज बनाएर सस्तो मूल्यमा विदेशी महंगा ब्रान्डका ल्यापटप, मोबाइल घडी क्यामेरालगायतका सामग्री ल्याइदिने भन्दै एक महिनाभित्र ८० लाख रुपैयाँ ठगी गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं खुसीबुबाट पक्राउ गरेको हो ।

ठगी गर्ने तारा ग्याजेट पेजका सञ्चालक भारतका आकिव जावेद, महोत्तरीको सोनमा गाउँपालिकाका एमडी सगिर शेख र महोत्तरीको गौशलाका यमदादुल मोमिनलाई प्रहरीले पक्राउ गरेको हो । पहिल्लो समय सामाजिक सञ्जालबाट ठग्ने क्रम बढिरहेको भन्दै प्रहरीले सचेत हुन पनि आग्रह गरेको छ । केही समय पहिले पनि कोठा भाडामा लगाउने चिठ्ठा परेको भन्दै लोभ्याउने लगायतका कार्यहरु गरेर ठगी गर्नेहरु पनि प्रहरी नियन्त्रणमा परेका थिए ।

सम्बन्धित खबरहरु