काठमाडौं । विश्वमा अनेक क्षमता भएका मानिसहरु हुन्छन् । यही अद्भुत कलाका कारण मानिसहरु विश्वमा आफ्नो नयाँ पहिचाहन बनाउन सफल हुन्छन् । यस्तै, रुसमा एक ६ वर्षीय बालकले मात्र २ घण्टामा ४ हजार २ सय पटक पुसअप गरेर रेकर्ड कायम गरेका छन् । उनको यो कीर्तिमानलाई रसियन बुक अफ रेकर्डमा सामेल गरिएको छ । इब्राहिम लियानोभ नामक यी बालकले २ घण्टामा ४ हजार २ सय पटक पुसअप गरेर रसियन बुक अफ रेकर्डस्मा आफ्नो किर्तिमान सामेल गराएका छन् ।

उनले पुसअप गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मिडिया रिपोर्टका अनुसार रुसको एक स्थानीय स्पोर्टस् क्लबले इब्राहिमको उक्त कीर्तिमानबाट खुसी भएर ती बालकलाई पुरस्कारको रुपमा घर दिने घोषणा समेत गरेको छ । यसअघि गतवर्ष रुसमा एक पाँच वर्षका बालकले निरन्तर ४ हजार १ सय ५ पटक पुसअप गरे रेकर्ड कायम गरेका थिए । उनलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आफन्त रमजान काडेरोभले पुरस्कारको रुपमा एक मर्सिडिज कार उपहार दिएका थिए । एजेन्सी

सम्बन्धित खबरहरु