पहिरोले मकवानपुरमा ५ वटा घर बगायो


मकवानपुर । अबिरल बर्षासँगै आएको पहिरोले मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-३ अदुवा बस्ने ४८ वर्षीय श्याम बहादुर भन्ने पंच बहादुर वाईबा लगायत ४ जनाको ४ वटा घर बगाउँदा करिब २९ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी मकवानपुर भीमफेदी गाउँपालिका-८ मा शनिबार राति परेको अविरल वर्षाको कारण पहिरो आउँदा गगटेबेसी बस्ने निरज भोलनको घर भत्किएर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

यता कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंक बस्ने शिब नाथको ८ वर्षीय छोरा राजेश नाथ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो घरबाट हराई बेपत्ता भएका उनी खोजी गर्ने क्रममा सोही ठाउँस्थित बन्द नदी किनारमा मृत अवस्थामा फेला परेको हुन् ।

रामेछाप, खाँडादेवी गाउँपालिका-७ धारजुक बस्ने ४० वर्षीय वाङगेल तामाङ मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझ घरबाट निस्की हिँडेका उनी बेलुका अबेरसम्म घर नआए पश्चाात खोजी गर्ने क्रममा सोही गाउँपालिका९२ स्थित ठुलोपाखा रोडबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी चितवनको रत्ननगर नगरपालिका९७ बद्रेनी बस्ने ५८ वर्षीय टुहुरा दराईलाई घरदेखि सौराहा काम गर्न जाने क्रममा बाटोमा हिँडिरहेको अवस्थामा जङ्गली हात्तीले एक्कासी आक्रमण गर्दा मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी रुपन्देही, सुनसरी र रौतहटमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बसपार्कमा ग.१ ख ६७६९ नम्बरको बसले साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साईकल चालक ओमसतिया गाउँपालिका-४ बस्ने ७० वर्षीय मुराउ चौधरीको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, ईनरूवा नगरपालिका-९ जमुवामा को.२ त ८३४० नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टर पल्टिन गई गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २४ वर्षीय चन्दन कुमार मेहताको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको छ । ट्रयाक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय अर्जुन सदा हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

रौतहट, गढीमाई नगरपालिका९४ संग्रामपुर बस्ने २० वर्षीय मनोज राय यादवले ना.६ त ५४५६ नम्बरको ट्याक्टरले आफ्नै खेत जोत्ने क्रममा ट्याक्टर अचानक पल्टिन गई ट्याक्टरले च्यापिएर मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल