बढेको तलब आजदेखि : कुन तहका कर्मचारीले थाप्छन् [तालिकासहित]


काठमाडौ । सरकारले राष्ट्रसेवक कर्मचारीको बढाएको तलब आजदेखि लागू हुनेछ । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।

झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।

सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल