इटहरीमा भयो विश्व चकित हुने यस्तो अनौठो घटना


काठमाडौं । विश्वमा हामीले पत्याउन नसक्ने खालका अप्रत्याशित घटनाहरु समयसमयमा भइरहेका हुन्छन् । यस्तै, इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको खबरले सबैले चकित बनाएको छ । श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि ज्यान गएको हो । इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईको मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो । उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताए ।

श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका थिए । स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको जानकारी दिएका छन् । विश्वमा यस्ता घटना विरलै हुन्छन् । सामान्यतया सँगै बाँच्ने सँगै मर्ने कसम खाने गरे पनि पुरा भने धेरैले गर्न पाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा भर्खरै स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
त्रिविमा उत्तरपुस्तिका नै साटेपछि…
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग


एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल