मुम्बई । नेपालमा जस्तै भारतमा पनि अहिले बाढी, पहिरो र डुबान लगायतको विपती देखिएको छ । भारतमा झण्डै करोड मानिसहरु प्रभावित भएको जनाइएको छ । भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् । यस्ता विपत्तहरुमा समयसमयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन् । उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन् । ट्वीटरबाट उनले यसको जानकारी दिएका छन् । अक्षय कुमार अभिनित ुमिशन मंगलु रिलिजका क्रममा रहेको छ । सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ । एजेन्सी

सम्बन्धित खबरहरु