काठमाडौ । भर्खरै धनगढीको शहिद गेटमा भएको वि स्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ। धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको वि स्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिह रहेका छन्। यस्तै अन्य घाईतेमा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

उनीहरुको ठेगना भने खुल्न सकेको छैन्। सबैको अवस्था गम्भीर रहेको उनले बताए। घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए।

उनले पेस्तोल फेला परेको कुरा पुष्टि गर्दै सक्कली वा नक्कली के हो भन्ने नखुलेको बताए। सुरुमा सिलिण्डर वि स्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर वि स्फोट नभएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित खबरहरु