काठमाडौ । नेपालमा पाईपलाईनबाट पेट्रोलियम पदार्थ आउँन सुरु भएको छ । नेपाल भारत क्रस बोर्डर पेट्रोलियम पाईपलाईन तयार भएपछि डिजेल आउँने सुरु भएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) को मातिहारी डिपोबाट दिउँसो २ बजेबाट छाडिएपछि डिजेल आज साँझ ६ बजेदेखि नै नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आईपुगेको निगमको अमलेखगन्जस्थित डिपो प्रमुख प्रदीप यादवले बताए । नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि यो काम तिब्र गतिमा अघि बढेको हो ।

पाईपलाईनको सबै परीक्षण सकिएपछि डिजेल पठाएको बताए । आइओसीको अनुदानको सहयोगमा बनेको पाईपलाईनबाट आउँने डिजेल तत्काल अमलेखगन्ज डिपोमा भने खन्याईने छैन ।

डिजेल पाईपमै राखिनेछ । उनले उद्घाटनको दिनमात्र भल्ब खोलेर डिजेल पाईपबाट भण्डारगृहमा पठाईने उनको भनाई छ । अगस्ट १५ भित्र उद्घाटन गर्ने तयारी पनि रहेको छ। पाईपलाईनबाट आएको तेल भण्डारन गर्नका लागि अमलेखगन्जको डिपोमा ४ वटा ट्यांकी समेत बनिसकेका छन् । उनका अनुसार २ वटा ट्यांकी ३९ किलोलिटर र २ वटा ट्यांकी ४१ किलोलिटर क्षमताका छन् ।

उनले नेपालतर्फ ३६.२ किमि पाइपलाइन र भारततर्फ ३२.८ किलोमिटर पाइपलाइन बिछ्याइएको छ ।

पाइप बिछ्याउने काम सकिएपछि पानी हालेर ‘हाइड्रोलिक टेस्ट’ सुरु गरिएको थियो । उक्त परीक्षण सफल भएपछि तेल ल्याउँन थालिएको हो । पाईपलाईनबाट तेल आउँने भएपछि नेपालको बार्षिक २ बर्ष जोगिनेछ । यसले गर्दा सिमामा बिवादका कारण ट्यांकर रोकिने ,ट्राफिक जाम र पेट्रोलियम पदार्थको चुहावट जस्ता समस्या समाधान हुनेछ ।

सम्बन्धित खबरहरु