आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं : विप्लव समूह


काठमाडौँ । बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ। विप्लव समूहले सरकार मुठभेडमा जान चाहेको आरोप लगाएको छ। सरकारको पछिल्लो धारणाले झनै परिस्थिति बिगार्न खोजेको दाबी उसको छ।

भूमिगत अवस्थामै नागरिकसँग सम्पर्कमा आएका प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा (विरही) ले ‘क्रान्तिकारी शक्तिलाई आत्मसमर्पण गरेर वार्तामा आइजा’ भन्नु स्वीकार्य नहुने बताए।

‘हाम्रा नेता–कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा फिर्ता, प्रतिबन्ध फुकुवा, प्रहरी प्रशासन लगाएर गरिएको धरपकड स्थगन तथा भरपर्दो सुरक्षा प्रत्याभूतिपछि औपचारिक रुपमा पत्र पठाए हामी वार्तामा बस्न तयार छौं,’ शर्माले नागरिकसँग भने, ‘वार्ताका लागि यी हाम्रा न्यूनतम सर्त हुन्, यसलाई थाती राखेर हामी वार्तामा बस्दैनौं।’ यो खबर आजको नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत प्रदान गर्ने
७७ जिल्लाकै सांसदलाई शिक्षकको पत्र : भोको पेटले गुणस्तरीय शिक्षा सम्भव होला र माननीयज्यू ?
त्रिविद्धारा नतिजा सार्वजनिक, हेर्नका लागि यहाँ क्लिक गर्नुहोस
त्रिविले गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी चेक गर्नुहोस्)
त्रिविद्धारा स्नातक तहको नतिजा भर्खरै प्रकाशित : अनलाईन नतिजा हेर्ने तरिका सहित
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता