काठमाडौं । कुनै पनि देशमा जनताले त्यस देशको न्यायलयमाथि सबैभन्दा धेरै विश्वास गर्दछन् । तर जब न्याय नै अन्यायपुर्ण भयो भने त्यसले जनतालाई निराश बनाउँने काम गर्दछ । यस्तै, एकै परिवारका पाँच जनाको ह त्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ  । न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले १४ वर्ष पुरानो हत्याकाण्डका आरोपी सोनीलाई रिहा गर्न आदेश दिएको हो । नेपालगन्ज–१५, सदरलाइनस्थित न्यु दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकर परिवारको ०६२ फागुन २३ मा सामूहिक ह त्या गरिएको थियो । दीपकका काका बलराम हेमकरले सर्वोच्चको निर्णयले निराश बनाएको बताए ।

लामो समयपछि पक्राउ परेका आरोपीलाई अदालतले साधारण तारेखमा रिहा गर्नु लज्जास्पद भएको उनको बुझाई रहेको छ । पाँच जनाको ह त्या गर्ने व्यक्ति अदालतबाट रिहा हुनु आश्चर्यजनक भएको उनले बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बाँके प्रहरीको विशेष टोलीले ०७५ असोज १३ मा भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालतमा ह त्या तथा ड कैती मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा जिल्ला अदालत बाँकेले ०७५ कात्तिक १४ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आरोप अस्वीकार गर्दै आएका सोनीले उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न दिन माग गरेका थिए ।

उच्च अदालत दाङको नेपालगन्ज इजलासले ०७५ पुस २६ मा जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सोनीले ०७५ चैत ५ मा सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिए । प्रहरी अनुसन्धानकै क्रममा दीपककै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्य फेला परेको थियो । यसबीच आरोपी दीपाले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन् । दीपकसहित उनका बुबा जगदेव, आमा सीतादेवी, हजुरआमा गुलाबदेवी र कामदार खासकुश्मा–१, कुसुमका रामशनीश्चर चौधरीको राति सुतेकै ठाउँमा घाँटी रेटेर ह त्या गरिएको थियो  ।

सम्बन्धित खबरहरु