काठमाडौ । एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै शिल्पाले ३ बर्ष देखि श्रीमानबाट अन्याय भोग्दै आएको र अब सहनै नसक्ने आवस्था आएकाले सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी छिन । श्रीमान छविले आफुलाई शंका गर्दै आएको र मानसिक तथा शारिरीक तनाव दिएको आरोप लगाएकी छिन् । शंकाको कारण श्रीमानको घरेलु हिंसामा परेको दावी उनको छ ।

त्यसपछि उनको पक्ष र विपक्षमा सिने जगत अभिईरहेको छ । यही बीचमा आफु बलियो हुन् आग्रह गर्दै शिल्पाको साथमा रहेको चर्चित नायिक करिश्मा मानन्धरले बताएकी छन् ।छबिले विभिन्न मिडियाहरुमा आफ्नो गल्ति नभएको स्पस्टिकरण दिरहेको बिषय झुटो अभिव्यक्ति दिइरहेको बताउदै बिगतका श्रीमतीहरुलाई पनि अन्याय गर्दै आएको शिल्पाले बताएकी छन् ।

छबि ओझाको पुर्ब पत्नी गितान्जली श्रीमान ओझाकै कारण डिप्रेसनमा परेर आत्मह त्या गरेको समेत दाबि गरिन । त्यस्तै रेखा थापालाइ पनि अन्याय गर्दा छुट्टै बसेको दाबि पनि गरिन । र अब आफुले पनि छबिसँगको बैबाहिक सम्बन्धलाई टुंग्याउने बताएकी छिन ।

छविका दुर्ब्य बहारलाई ३ बर्ष सम्म सहदै आएकोले आफुलाई धेरै गाह्रो भएको भन्दै अन्तर्वार्तामै रोईन । बिगतमा समस्या आउदा मिल्न प्रोत्साहन दिएकै कारण तिन बर्षहरु बिते तर अब मिल्न नसक्ने बताइन । शिल्पाले भनिन, मिल्नुस भन्नेलाई म त्यहि भन्न चाहान्छु । अब म सक्दिन बस्न । मैले हिजो गएर डिभोर्सको फाइल गरिसकेको छु । छबिजीले अहिले मिडियामा गएर धेरै आरोप लगाउनु भएको छ । सामाजिक सञ्जालमा घरायसी कुरा नमिलाएर किन पुलिसमा गएको ? भन्नेहरुलाई शिल्पाले भाबुक जबाफ दिएकी छन् ।

उनले भनिन, मैले छबि जिको लागि कति गरेको छु त्यो मलाइ थाहा छ, मलाई थोरै जनाले सपोर्ट गर्नु भएको छ । मलाई नराम्रो कमेन्टहरु आएको छ, मलाई पिर परेको छ अनि म बोलेनी त । ३ बर्ष म चुप लागेको थिए, अब म मर्नु ? मलाई धेरै गाह्रो भयो, त्यसकारण म पुलिसकोमा गए ।

मेरो ममी ड्याडीको धेरै इज्जत छ बिराटनगरमा । त्यहि इज्जतको बारेमा सोच्दा सोच्दै ३ बर्ष सम्म चुप लागेर बसे, त्यसरी बस्नु नै गल्ति भयो । जसको कारण छबि जीको हिम्मत बढेको बढेई भयो । उनले रुँदै भनिन ।मान्छे लगाएर मार्छु भनेर जिबनको सुरक्षा नभए पछि बाध्य भएर पुलिसकोमा गएको बताएकी छिन ।

जन्म दिने आमाबाब भन्दा माथि राखेर माया गरेको मान्छेले नै आफुलाई मार्न थालेपछि घरबाट निस्केकी बताइन । निस्किसके पछिपनि छबिको फोन आउछ कि भनेर पर्खेर बसेको तर फोन नआएको सुनाइन । भोलि पल्ट छबिको फेसबुक खोलेर हेर्न खोज्दा ब्लग गरिसकेको बताइन ।

सम्बन्धित खबरहरु