काठमाडौ । कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएपछि पहिलोपटक त्यसको बचाउमा अभिव्यक्ति दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका बस्नेतको उक्त रकम राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा रहेको भन्ने खबर प्रकाशित भएपछि उनले आफुलाई बदनाम गराउन नेकपाका नेताहरुको खुल भएको आरोप लगाएका छन् । अहिले उक्त सहकारी संस्थाले आफनो संस्थामा बस्नेत वा उनको परिवारको खाता नै नभएको दाबी गर्दै विज्ञप्ति समेत निकालेको थियो ।

पूर्वमन्त्रीको ६१ करोड श्रोत नखुलेको सम्पत्तिबारे खुलासा भएपछि यसबीच पूर्वमन्त्री बस्नेतले पनि आजै एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफुलाई बदनाम गराउँन खोजिएको बताएका छन् । उनले नेकपाका नेताहरुले बदनाम गराउँन खोजेको दाबी गरे । प्रणामी ले जस्तै बस्नेतले पनि उक्त सहकारी संस्थामा आफनो वा परिवार कसैको पनि खाता नरहेको दाबी गरे । उनले यसबारेमा सहकारीले समेत प्रस्ट पारिसकेको भन्दै उनले आफुलाई राजनीतिक र सामाजिक दुबै रुपमा बदनाम गराउँन खोजिएको बताए ।

उनले ६१ करोड राखेको कुरा बदनाम गर्ने नियतले र तथ्यहिन कपोकल्पित भएको सम्मेलनमा बताए । उनीद्वारा जारी विज्ञप्तिमा समेत आफुलाई बदनाम गराउँने खेलमा नेकपाका नेताहरु नै लागेको दाबी गरेका छन् । उनले मिडिया कान्सिलका बारेमा बिरोध गर्दै आएकोले त्यसलाई पचाउँन नसकेका कारण आफुलाई फसाउँन षडयन्त्र बुनिरहेको उनको भनाई छ । त्यही षड्यन्त्र बमोजिम मिडियामा यो तथ्यहीन खबर आएको मन्त्री बस्नेतको दावी थियो ।

सम्बन्धित खबरहरु