काठमाडौ । अहिले कानुनी रुपमा अन्तरजातीय विवाह सामान्य भए पनि सामाजिक रुपमा धेरै समस्याहरु छन् । यस्तै, लामो समयको प्रेमपछि रुपन्देहीका कमल विकले सङ्गीता शाहीसँग भागी विवाह गरेपछि उनीहरु अहिले तनावमा आएका छन् । गत फागुनमा अन्तरजातीय विवाह गरेको कमलको जोडी यतिबेला न्यायका लागि काठमाडौंमा छन् ।

विवाहपछि सङ्गीताको माइती पक्षले ज्यान मा र्ने धम्की दिएपछि कमलको जोडी अहिले काठमाडौंमा न्याय माग्दै हिँडेको छ । तर उनको कुरा अहिलेसम्म सुनुवाइ भएको छैन । कमल भन्छन्, ‘सम्बन्धित सबै निकायमा उजुरी पनि दिएको छ, तर कहीँकतैबाट सुनुवाइ हुँदैन, हामीलाई मा र्नेसम्मको धम्की आएको छ ।’

अन्तरजातीय विवाह गरेका जाजरकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् । कमल र गणेशको जोडी जस्तै अन्तरजातीय विवाह गरेका कारण समाजबाट विस्थापित हुँदै ज्या न जोगाउँदै न्याय खोज्ने धेरै जोडीहरु छन् ।

गैरदलित किशोरले दलित समुदायकी किशोरीसँग विवाह गरेर बिचल्लीमा पारिएको धेरै घटना छन् । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) २०६८ लागू भएको आठ वर्ष बितिसकेको छ ।

तर पनि जातीय भेदभाव तथा छुवाछूत उस्तै छ । ऐन आएपछि पनि सदियौँदेखि आर्थिक, सामाजिक र राजनीतिकरुपमा उत्पीडनमा पारिएको दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत समस्या झन् बल्झिँदै गएको छ ।

सम्बन्धित खबरहरु