बेइजिङ । चीनको एउटा ग्याँस उद्योगमा भएको वि स्फोटनमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने घटनापछि १२ जना सम्पर्कबिहीन भएका छन् । देशको मध्यभागमा रहेको हेनान कोल ज्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते पनि भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.५० मा वि स्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ । वि स्फोटनपछि उद्योगको काम बन्द गरिएको छ । एएफपी

सम्बन्धित खबरहरु