फेरी ३ दिनका लागि मौसम पूर्वानुमानले जारी गर्यो यस्तो सतर्कताको अपिल


काठमाडौ । अबिरल बर्षाको क्रम रोकिए पनि नदीहरुमा पानीको बहाव भने खासै घट्न सकेको छैन । आज बिहान मापन गरिएका अनुसार देशका प्रमुख तथा मझौला नदीहरु कोशी , नारायणी , कर्णाली , महाकाली , कन्काई , पश्चिम राप्ती , बबई लगायतमा स्थिर रहने र बाग्मती , कमला र यसका शाखा नदीहरुमा पानीको बहाव बढ्दो क्रमा रहेको तर सतर्कता तह भन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज देशका प्रमुख तथा मझौला नदीहरु नारायणी , कर्णाली , महाकाली , पश्चिम राप्ती , बबई लगायतमा बहाव स्थिर रहने ,कन्काई , कोशी, कमला , बाग्मती लगायतमा बहाव बढ्दो क्रममा रहने तर प्राय सबै नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ ।

भोली इलाम , पाँचथर , झापा , धनकुटा , सिन्धुली , रामेछाप , ओखलढुंगा , मकवानपुर , नवपरासी , गुल्मी , दाङ जिल्ला तथा काठमाडौँ लगायत आसपास जिल्लाका पहाड र चुरेबाट बहने केही स साना नदीहरुमा आकस्मिक बहावको सम्भावना रहेको शाखाले जनाएको छ ।

साउन ५ गते आईतबार : भोली नारायणी , कर्णाली , महाकाली , बबई लगायतमा बहाव स्थिर रहने पूर्वानुमान छ । कन्काई , कोशी , कमला , बाग्मती , पश्चिम राप्ती लगायतमा बहाव बढ्दो क्रममा रहने तथा कन्काई , कमला , बाग्मती नदीका केही शाखा नदीहरुमा बहाव सतर्कता तह आसपास पुग्ने सक्ने जनाईएको छ ।

झापा , मोरङ भई बहने , मेची बिरिङ निन्दा , मावा–रतुवा ,लोहन्द«ा लगायत धनुकटा , सुनसरी , सिन्धुली , मकवानपुर जिल्ला भई बहने स साना नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना रहेको छ । आगामी ३ दिनसम्म देशका प्रमुख तथा मझौला नदीहरुमा बहाव सर्तकता तह पार गर्ने सम्भावना न्युन रहे पनि नदी तटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउँन आग्रह गरिएको छ ।

साउन ६ गते सोमबार पर्सि : नारायणी , कर्णाली , महाकाली ,बबई लगायतमा पानीको बहाव स्थिर रहने पूर्वानुमान छ । कन्काई , कोशी , कमला , बाग्मती , पश्चिम राप्ती लगायतमा बहाव बढ्दो क्रममा रहने तथा कन्काई नदीका केही शाखा नदीहरुमा बहाब सर्तकता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएकोेछ । पर्सि झापा , मोरङ ,इलाम भई बहने मेची , बिरिङ , निन्दा , मावा रतुवा , लोहन्दा लगायत प्रदेश १ , ३ र ५ को मध्यपहाडी र चुरेबाट बग्ने स-साना नदिमा उच्च सर्तकता अपनाउँनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्नेबारे त्रिविको अत्यन्तै जरुरी जानकारी (सुचनासहित हेर्नुहोस्)
त्रिविले गर्यो नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
पाकिस्तानले दियो नेपालका ५०० विद्यार्थीलाई छात्रवृत्ति
यसकारण पाल्पाका बालबालिका गणितमा कमजोर
त्रिविले गर्यो परीक्षा तालिका सार्वजनिक (तालिकासहित हेर्नुहोस्)
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता