काठमाडौ । नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा मुख खोलेकी छन । एक युट्युव अन्तवार्तामा उनले आफ्नो विहे नभएको तर प्रेमीले वुढी भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन । पति छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको बताइन । श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएउने पोखरेलले सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै आएकी छन । ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ ।

अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन । ’उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उनले स्मरण गरिन् । शिल्पाले अघिल्लो हप्ता छवि विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ । शिल्पाले थपिन्, ‘त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडि दिनुहुन्थ्यो ।’फेरि अर्की महिला नफसून भनेर आफू मिडियामा आएको उनले सुनाइन् ।

‘उहाँ मिडियामा फेरि यसरी हिड्ने हो । अर्को केटी फसाउनका लागि । अर्को केटी नफसोस्, यही लागेर अगाडि आएर आएँ ।’फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलबीचको घर झगडा साम्य हुने कुनै संकेत देखिएको छैन ।युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ ।

ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् । नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो। ओ झाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन्

५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।कान्छी पत्नी पोखरेलले नानाभाँती आक्षेप लगाएपछि ओझाले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् रु यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस्’, ओझाले भनेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।’ओझाले आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पोखरेलले दिएको समेत बताएका छन् । ‘म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनु, तपाईँले न्याय पाउनु हुन्छ’, ओझाले भनेका छन् ।

नायिका समेत रहेकी ओझाकी कान्छी पत्नी पोखरेललाई टीका लगाउने दाई विकास रौनियार र उनकी पत्नी सम्झाना उप्रेती रौनियारले उचालेको चर्चा छ ।पोखरेललाई केही निर्माता र कलाकारहरूले समेत उचालेर घर भाँड्न थालेको आरोप लागेको छ । ओझासँग विवाह गर्नु अगाडि पोखरेलले पनि पहिलो विवाह गरेर पति छाडेकी थिइन् । यो कुराको पुष्टि स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा बताएका छन् । नायिका पोखरेलको ओझा दोस्रो पति हुन् । OTV Nepal

सम्बन्धित खबरहरु