काठमाडौं । प्रहरी र गाँ जा तस्करबीच गो ली हानाहान भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँ जा तस्करबीच गो ली हानाहान भएको हो । हिजो राति गाँ जा बोकेको ५–६ जनाको समूह र प्रहरीबीच गो ली हानाहान भएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँ जा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ । त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गो ली हानाहान भएपछि प्रहरीले हति यारसहित एकजनालाई पक्राउ गरेको छ । अन्य भागेका छन्। पक्राउ परेका व्यक्ति गाँजा तस्कर नै भएको स्रोतले जनाएको छ ।

सम्बन्धित खबरहरु