काठमाडौं । पछिल्लो समय सबैभन्दा चर्चामा रहेको चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल काण्ड हो । यो बीचमा छविराजविरूद्ध बहुविवाहको उजुरी परेको छ । उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरूद्ध बहुविवाहको उजुरी हालेकी हुन् । उजुरीमा हेमाले आफूहरूबीच २०४१ सालमा विवाह भएको उल्लेख गर्दै छविले फेरि अर्की विवाह गरेको बताएकी छन् । पछिल्लो समयमा नायिका शिल्पा पोखरेलसँग छविविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी थिइन् ।

शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन् । साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन् । उनले भनिन, ‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु ।’ उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन् ।

सम्बन्धित खबरहरु