काठमाडौं । बलिउडमा सन्नी लियोनी र करीना कपूर खान चर्चित अनुहार हो । यी दुबैले केही वर्ष पहिले विवाह गरेका हुन र अहिले आमा पनि बनेका छन् । तर अहिले दुईको छोराको अनुहार ठ्याक्कै उस्तै भएपछि त्यो चर्चाको विषय बनेको छ । चर्चित दुई बलिउड अभिनेत्रीका छोराहरूको अनुहार कसरी ठ्याक्कै मिल्यो भन्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ ।

अभिनेत्री करीना कपूर खानको छोरा तैमूर र सनी लियोनीको छोरा नोआको अनुहार मिलेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । दुई जनाको अनुहारलाई लिएर अनेक खालका हल्ला पनि चलेका छन । सन्नी लियोनीले तैमूर निकै क्युट भएको बताएकी छिन । उनले आफ्नो छोरा नोआ पनि कम नभएको बताइन । तस्वीरमा नोआ हूबहू तैमूर र अली जस्तै उस्तै उस्तै देखिएका छन् । एजेन्सी

सम्बन्धित खबरहरु