काठमाडौ । नेपाली सिनेमा क्षेत्रकी लोकप्रिय अनि महंगी नायिका हुन साम्राज्ञी राज्य लक्ष्मी शाह । कम समयमा उनले पाएको नेम र फेमबाट नव आगन्तुक नायिकाहरु पनि लोभिने गर्छन् । उनले अभिनय गरेका प्राय फिल्महरु सफल छन् । तर पनि फिल्म भन्दा बढि प्रेम सम्बन्धको कारण चर्चा र बिवादमा आउँने साम्राज्ञीको केही दिन अघि सार्वजनिक भएको आपत्तिजनक तस्बिरहरुले सिनेमा बजार निकै ततायो । सामाजिक सञ्जामा ती आपत्तिजनक तस्बिरहरु बाहिरिएपछि धेरैले उनलाई गाली गरे ।

कुनै समय व्यवसायी मयंक खड्कासंग प्रेम सम्बन्धमा रहेकी उनी यतिबेला देवाङ्कस राणासँग प्रेम सम्बन्धमा रहेकीछिन् । हाल उनीहरु छुट्ट मनाउँन इन्डोनेशियाको बाली पुगेका छन् । जहाँका तस्बिरहरुले हंगामा नै मच्चियो । साम्राज्ञी निकै ट्रोल समेत बनिन् तर यसले उनलाई कुनै फरक पारेको छैन । नितान्त व्यक्तिगत जीवन बिताउँन चाहाने साम्राज्ञीले बालीका केही नयाँ तस्बिरहरु पनि पोस्ट गरेकीछिन् ।

जहाँ उनी प्रेमीसंगै देखिएकीछिन् त्यो पनि खुसी खुसी । साम्राज्ञीको आपत्तिजनक तस्बिरहरु सार्वजनिक हुँदा उनलाई त गाली गरे गरे कतिपयले उनको परिवारलाई समेत मुछे । तर पनि साम्राज्ञीलाई यी सब कुराहरुले प्रभाव पारेको जस्तो देखिँदैन । त्यसैले सायद हिन्दीमा भनिएको छ कुछ तो लोग कहंगे , लोगका काम हैँ केहेना । कतै साम्राज्ञीले पनि यही सोचेकी त होईनन् ? उनले तस्वीरबाट नै जवाफ दिएको देखिन्छ । सायद भन्छिन् होला नो टेन्सन । कालिका एफएम

सम्बन्धित खबरहरु