काठमाडौ । दुनियाँमा सबैभन्दा सम्मानित शब्द आमा अर्थात नारी । तर एउटा भनाई यो छ कि विश्वमा भएका सबै मान्छे एकै हुँदैनन् । नारी पनि सबै एकै हुँदैनन् न त पुरुषहरु नै एकनाशका हुन्छन् ।

 

चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल सँगै बस्न थालेको झण्डै ५ वर्ष भएको थियो । अनी विवाह भएको पनि लगभग ३ वर्ष त भयो । अहिले सम्बन्धमा दरार आयो अनी अर्की श्रीमती पनि बाहिर आइन् । एकपटक नवलपरासीकी ३५ बर्षीया महिला प्रहरी हबल्दार बालकुमारी अधिकारीले आफू महानायक राजेश हमालको श्रीमती र तीन सन्तानको आमा भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिन पुगिन् ।

 

पछि उनकै भाइले मानसिक रुपमा ठिक नभएको भन्दै कुरालाई साम्य बनाएका थिए । आज छविको म श्रीमती हुँ भन्दै वर्षौ देखि वेपत्ता हुनु भएकी छवि ओझाको पहिलेको श्रीमती हेमा ओझा आजसम्म कहाँ हुनुहुन्थ्यो ? अर्को शंका, सम्पती अर्कैको हातमा लाग्ने आशंका पछि निन्द्राबाटै जुरुक्कै उठेर आएको त होईन ?

 

बाँचुन्जेल मतलब नगर्ने मरेपछि मेरो हलानो मेरो फलानो भन्दै अंश खाने दाउ जस्तो व्यवहार देखिन आएको छ । यसैले दुनियाँ शंका गर्न बाध्य छ आमा अर्थात नारी उनै छोरी वा नारीकै शत्रु हुन् ।

 

सम्बन्धित खबरहरु