एजेन्सी । नकाबधारी व्यक्तिको एक समूहले हङकङको व्यस्त रेलवे स्टेसनमा अन्धाधुन्ध लाठी प्रहार गरेको छ। युएन लङ जिल्लाको व्यस्त रेलवे स्टेसनमा आइतबार नकाबधारी व्यक्तिको समूहले अन्धाधुन्ध आक्रमण गरेको हो । हातमा लट्ठी लिएका व्यक्तिहरुले रेलवेको प्लेटफर्ममा रहेका र रेल भित्र रहेका व्यक्तिमाथि प्रहार गरेका हुन् । आक्रमणकारी सबै सेतो टि–सर्टमा थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा कम्तिमा ३६ जना घाइते भएका छन् ।

https://twitter.com/kinlinglo/status/1152969285200838657?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1152969285200838657&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2019%2F07%2F22%2F226344%2F

हालै हङकङको केन्द्रमा भएको प्रजातन्त्रवादीहरुको प्रदर्शनपछि भिडमा लाठी प्रहार भएको हो । प्रजातन्त्रवादीहरुको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । रेलवे स्टेसनमा आक्रमण गर्ने नकाबधारी को हुन् र उनीहरुको उद्देश्य के थियो भन्ने स्पष्ट भएको छैन। स्थानीय सरकार र प्रहरीले केही व्यक्तिले यात्रुमाथि आक्रमण गरेको उल्लेख गरेका छन् ।

पछिल्लो समय हङकङमा अस्थिरता बढेको छ । हङकङ सरकारले ल्याएको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ । प्रदर्शनको दबाबमा सरकारले विधेयक फिर्ता लिएको छ तर प्रजान्तत्र खतरामा रहेको भन्दै प्रदर्शन जारी छ । यहिबिचमा नकाबधारीले रेलवे स्टेसनमा अन्धाधुन्ध आक्रमण गरेका हुन् । यो घटनाको पछिल्ला प्रदर्शनसँग सम्बन्ध रहे–नरहेको खुलेको छैन ।

सम्बन्धित खबरहरु