काठमाडौ । उपत्यकासहित मध्य तथा पूर्वका धेरैजसो स्थानमा आज (सोमबार) बिहानैदेखि मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्।

भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकाले आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मौसमविद् शान्ति कँडेलका अनुसार आज पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्णसम्म तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही पूर्वका अधिकांश स्थानमा र मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ।

साथै पूर्व र मध्यका थोरै तथा पश्चिमका एकर दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले बताइन्। ‘अहिले न्यून चापीय रेखा नेपालतर्फ आउँदै छ,’ उनले भनिन्, ‘साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पनि बदली र वर्षा बढेको हो।’ न्यून चापीय रेखा नेपालभित्रै आएपछि झन् अविरल र अति भारी वर्षा हुने मौसमविद्को अनुमान छ। ‘न्यून चापीय रेखा यही दिन नेपाल भित्रिन्छ भनेर ठोकुवा गर्न त गाह्रो हुन्छ,’ उनले भनिन्, ‘तर चाँडै नेपाल सिफ्ट (आउने) हुने क्रममा छ।’ आजभन्दा भोलि क्रमशस् वर्षाको मात्रा बढ्दै जाने उनको अनुमान छ। यस्तो छ सूचना

नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा - मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-०६, विहान ६:०० बजे) मौसम विश्लेषण (Meteorological Analysis): मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status): हाल देशको पुर्वी तथा मध्यका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु-भागमा आंसिक देखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको छ।

  • आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण ६ गते (सोमबार) दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ७ गते (मंगलबार) दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राती: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते (बुधबार) दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा (Heavy rainfall) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राती: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

  • आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ।

सम्बन्धित खबरहरु