काठमाडौं । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि ब*लात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा ब*लात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ ।

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पुर्याएर आफूले समेत अनै*तिक सम्बन्ध राख्दै आएका सीतारामसँग शारिरीक सम्बन्ध राख्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पुर्याएर १५ दिन लगातार ब*लात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै ब*लात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । उल्टै मलाई गा*ली गर्थिन् । प्रतिकार गर्न खोज्दा ज्यान मा*र्ने, का *टिदिने लगायत अनेकखाले ध*म्की दिइन्थ्यो ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित खबरहरु