काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१९ बाट पुरस्कृत भएका पुस्तकहरूको घोषणा पूर्वनिर्धारित समय समयभित्रै गरिएको छ । सन २०१७ जनवरी देखि सन २०१८ डिसेम्बर ३१ अर्थात दुई वर्षको बीचमा प्रकाशित भएका पुस्तकहरु मध्ये पुरस्कार समितिले गत जनवरी ११ मा पहिलोपल्ट सार्वजनिक गरेको सूचनापछि यस वर्ष नेपाल र अमेरिकामा करीब कुल १३६ पुस्तक दर्ता भएकोमा विभिन्न कारणले १४ पुस्तकहरू मूल्याङ्कनको मापदण्डमा नपरेको जानकारी दिइएको छ ।

पुरस्कार समितिबाट गठीत गोप्य मूल्याङ्कन समितिले मूल्याङ्कन गरी विधागत रुपमा उत्कृष्ट घोषणा गरेका पुस्तकहरुलाई पुरस्कृत गर्ने परम्परा अनुसार यस पनि पुरस्कृत पुस्तक सार्वजनिक गरिएको हो । पुरस्कार पाउँनेहरुको सुचिमा पछिल्लो समय चर्चामा रहेकी चर्चित गजलकार नमिता बरालको पनि नाम आएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा जुलाईमा सर्वोत्कृष्ट पुस्तक प्रकाशन गर्ने र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा अनेसासको केन्द्रीय कार्यालय बासिङ्टन डिसीमामा उत्कृष्ट पुस्तकका स्रष्टाहरुलाई पुरस्कृत गर्ने विगतदेखिको परम्परा यसवर्ष पनि कायम गरिएको छ । अनेसासको केन्द्रीय कार्यालयको आयोजनामा भएको २०६ औँ भानु जयन्तीको अवसरमा यो विवरण सार्वजनिक भएको हो ।

उत्कृष्ट पुस्तक पुरस्कार विजेता पुस्तकहरू र प्रभावशाली स्रष्टाहरूको विवरण बारे जानकारी गराउने ध्यका साथ पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी दिइएको हो । यस्तै, विगतका वर्षहरुमा नेपालका विभिन्न अञ्चलबाट प्रतिनिधित्व गर्ने स्रष्टाहरुलाई उर्जाशील बनाउने अभिप्रायले विभिन्न अञ्चलको प्रतिनिधित्व हुनेगरी पुरस्कार स्थापना गरिएका थिए ।

यस वर्षदेखि पुरस्कार समितिले नेपालको भूगोल संघीय प्रणालीमा भएको कारणले ती पुस्तकहरूलाई विधागत पुरस्कारका रुपमा रुपान्तरण गरेको जानकारी पनि गराइएको छ । यस वर्षदेखि सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी पन्ध्र सय अमेरिकी डलरलाई बढाएर २ हजार अमेरिकी डलर बनाउनुको साथै विभिन्न विधामा आकर्षक थप पुरस्कार प्रदान गरी भविष्यमा नेपाली भाषाका शासकहरुलाई बढी उर्जाशील एवं सृजनशील बनाउने अपेक्षा पुरस्कार समितिले राखेको छ ।

नेपाली भाषा साहित्य र समालोचनाका क्षेत्रमा विज्ञता हासिल गर्नुभएका छ जना विद्वानहरूको मूल्यांकनबाट प्राप्त अंकको औषतको उत्कृष्टताका आधारमा तपसिलका पुस्तकहरू र स्रष्टाहरु त पसेका विधामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०१९ प्राप्त गर्न छनौट भएको जानकारी पुरस्कार समिति सगौरव सार्वजनिक गर्दछ । विज्ञप्तिमा भनिएको छ । थप तल हेर्नुहोस्

  • अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोर्बटमा आँखाहरू कथासङ्ग्रह–कथाकार नरेन्द्रराज पौडेल
  • अनेसास सर्बोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार छाप्रो उपन्यास–उपन्यासकार रमेश दियाली
  • अनेसास सर्वोत्कृष्ट कविता काव्य पुरस्कार मेरो मान्छे कवितासंग्रह–कवियत्री कुन्ता शर्मा
  • अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार पृथक बाटो लघुकथा संग्रह–कथाकार युगराज मैनाल
  • अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार पाठशाला उपन्यास–उपन्यासकार तीर्थ गुरुङ
  • अनेसास सर्वोत्कृष्ट निबन्ध नियात्रा संस्मरण पुरस्कार यात्राको छहारीमा हिउ फूल की रानी सस्मरण निबन्ध–निबन्धकार घनश्याम राजकर्णिकार
  • अनेसास सर्वोत्कृष्ट गीत गजल हाइकु मुक्तक पुरस्कार आँगन गजलसङ्ग्रह–गजलकार नमिता बराल
  • अनेसास सर्वोत्कृष्ट संस्कृति दर्शन समालोचन पुरस्कार मस्टो संस्कृति संस्कृति अनुसन्धान–लेखक तेजबहादुर कार्की
  • अनेसास सर्बोत्कृष्ट बालसाहित्य पुरस्कार यसका लागि चारवटा पुस्तक प्राप्त भएकोमा कुनै पनि पुस्तक पुरस्कार गर्नको लागि पुस्तकहरूको स्तरीयता नभएको भने मूल्याङ्कन समितिको सिफारिस आएकोले यस विधामा दिइने पुरस्कार रद्ध गरिएको छ ।

सम्बन्धित खबरहरु