खान लाउन नपुग्ने गरिब किसानको घरमा कसरी आयो १ अर्ब २८ करोड बिजुलीको बिल !


काठमाडौं । गाँस, बाँस र कपासका लागि संघर्ष गर्ने सामान्य नागरिकको घरमा बत्ती बाल्ने र पंखा चलाउने बाहेक अन्य काममा विद्युत प्रयोग नगर्ने उपभोक्ताको घरमा १ महिनाको बिजुलीको बिल कति आउला ? सामान्यतया निर्धारित न्यूनतम महसुल भन्दा धेरैको बिल आउने सम्भावना रहँदैन ।

 

तर, एक किसानको घरमा १ अर्ब २८ करोड ४५ लाख ९५ हजार ४ सय ४४ रुपैयाँको बिजुलीको बिल आएपछि ती उपभोत्ताको होसहवास उड्यो । यो घटना भारत उत्तर प्रदेश राज्यको हापुड जिल्लाको हो । शमीम नामका ती उपभोक्ताको घरमा यती धेरै रकमको बिल आएपछि आत्तिए । उनले बिल तिर्न सक्ने कुरै भएन ।

यतिमात्र होइन उनले समयमा बिल तिर्न नसकेपछि उनको घरको लाइन नै काटिएको छ । बिल विद्युत विभागको गल्तीका कारण यति धेरै रकमको बनेको हो । शमीमका अनुसार कोही उनको कुरा सुन्न तयार छैनन् । जब उनी यसबारे गुनासो गर्न गए त्यतिबेला विभागका कर्मचारीले बिल नतिरेसम्म घरमा लाइन नजोडिने बताएर फर्काएको उनले बताए ।

शमीमकी पत्नी खैरुन निशाका अनुसार उनीहरु बत्ती बाल्न र पंखा चलाउन मात्र विद्युत प्रयोग गर्छन् । सहायक विद्युत अभियन्ता राम शरणले स्वीकार गरे कि केही प्राविधिक गल्तीका कारण यस्तो भएको हो । उनले यसलाई सुधार गरिने बताएका छन् ।

उनका अनुसार यदि पीडित उपभोक्ताले उनीहरुलाई बिल उपलब्ध गराएमा सिस्टममा सुधारपछि सही बिल जारी गरिने बताएका छन् । तर आजसम्म ति वृद्धलाई दिएको सास्तीका बारेमा कसैले चर्चा गरिरहेको छैन । हामीले माथि बताएको रकम भारुमा हो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा नतिजा प्रकाशित : अनलाइन यसरी चेक गर्नुहोस्
यसरी माग गर्नुहोस् शिक्षक अभाव भएका विद्यालयलाई अनुदान शिक्षक दिईने
त्रिविले भर्खरै गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी हेर्नुहोस्)
जान्ने बनाउँन तपाईका बच्चालाई यसरी सिकाउनुहोस्
माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्मको यस्तो पाठ्यक्रम संरचना परिमार्जन
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता