काठमाडौं । अहिले सर्वाधिक चर्चामा रहेको फेस एपका बारेमा अनेक चर्चा सुरु भएको छ । रुसी कम्पनीले विकसित गरेको फेस एप नामको यो एपले कुनै पनि फोटोका आधारमा त्यो फोटोको व्यक्तिलाई बुढो बनाइदिन्छ । यो एपको अहिले व्यापक प्रयोग भइरहेको छ । यसको अत्याधिक प्रयोगसँगै यो सुरक्षित नभएको दावी पनि गरिएको छ ।

यही बीचमा फेसएपले १८ वर्षअघि अपहरणमा परेका बालकलाई खोजिदिएको छ । चीनको राजधानी बेइजिङमा बस्ने एक परिवारले १८ वर्षअघि अपहरणमा परेका छोरा फिर्ता पाएका छन् । अपहरणमा पर्दा ती बालकको उमेर ३ वर्ष थियो, अहिले उनी २१ वर्षका भएका छन् । उनको नाम यू विफेंग हो र अहिले उनी कलेज पढ्दैछन् । खासमा फेस एपको सहयोग लिने आइडिया पुलिसको थियो । पुलिसले नै विफेंगको ३ वर्षको फोटोलाई फेसएपको सहयोगले उनी अहिले कस्तो देखिन्छन् भनेर परिवर्तन गरेको थियो ।

फेसएपले परिवर्तन गरी अहिलेको उमेरको फोटो बनाइदिएपछि पुलिसले त्यही फोटोको आधारमा विफेंगलाई खोज्न थालेको थियो । पुलिसमा अनुसार विफेंग ६ मे २००१ मा एक निर्माणाधीन भवनबाट हराएका थिए । त्यस क्रममा विफेंगका पिता त्यहाँ फोरम्यानको रुपमा काम गर्थे । छोरा फिर्ता पाएपछि विफेंगका पिताले उनलाई पाल्ने दम्पतीलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खबरहरु