काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा सुष्मा कार्की धेरैको मनमा बस्न सफल नाम हो । विशेष त उनी सिनेमाको आइटम गीतहरुमा देखिने गरेकी छन् । उनको खेलेको फिल्म ‘लुट’ मा रहेको आइटम गीत ‘उद्रेको चोली हेर’ गीतले निकै चर्चा पाएको थियो । मोडलिङबाट आफनो करियर शुरु गरेकी उनले एक दर्जन भन्दा धेरै सिनेमाहरुमा काम गरिसकेकी छन् । हाल अभिनयमा नदेखिएकी उनले केही समय अगाडी स्वीमिङ समयका तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन् । उनी अहिले नेपालमा भन्दा पनि विदेशमा दिनहरु बिताउँदै आएकी छिन् ।

सम्बन्धित खबरहरु